देशभर हालसम्म १ लाख ६९ हजार ६ सय ३२ जनामा कोरोना परिक्षण, १ लाख जना क्वारेन्टिनमा



काठमाडौं : देशभर अहिलेसम्म १ लाख ६९ हजार ६ सय ३२ जनामा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ। पीसीआरविधिमार्फत ६४ हजार १ सय ५४ जनाको र र्‍यापिट डाइगोनोष्टिक टेष्ट (आरडिटी) मार्फत १ लाख ५ हजार ४ सय ७८ जना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार २ सय ३८ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ। जसमध्ये हालसम्म २ सय ६ जना उपचारपछि डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म ६ जनाको मृत्यु भएको छ।

कोरोनाको संक्रमण हालसम्म ५२ जिल्लामा फैलिएको छ। मुलुकभर हाल १ हजार जना अस्पतालको आईसोलेसनमा र ९९ हजार ३ सय ३६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्