प्रदेश २ मा ४९६ संक्रमित



जनकपुरधाम: प्रदेश २ मा शुक्रबारसम्म ११ हजार ६ सय २६ जना व्यक्तिको थ्रोट स्वाब संकलन गरिएकोमा ४ सय ९६ जना संक्रमित भएका छन् भने ८ हजार ९ सय ७६ जनाको नेगेटिभ नतिजा आएको छ । त्यस्तै २ हजार १ सय ५४ जनाको नतिजा आउन बाँकी रहेको छ ।

त्यस्तै आरडिटी तर्फ अहिलेसम्म ६ हजार ४ सय ८९ जनाको परीक्षण गरिएकोमा ४० जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ६ हजार ४ सय ४९ जनाको रिपोर्ट नेगेटिभ देखिएको सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले बताए ।

प्रदेशमा संक्रमित ४ सय ९६ मध्ये सबैभन्दा बढि रौतहटका १ सय ८२ जना रहेका छन् । त्यस्तै १ सय ३ जना पर्साका,५३ जना बाराका, ४२ जना धनुषाका,२३ जना महोत्तरीका,४५ जना सर्लाहीका,१४ जना सिरहाका र ३४ जना सप्तरीका व्यक्ति छन् ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको २२ हजार ५ सय १० बेड क्षमताको ३ सय ४२ वटा क्वारेन्टाइनमा अहिले १८ हजार ९ सय ८९ जनालाई राखिएको छ भने ५ हजार १ सय ८९ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको ६ सय ६५ बेड क्षमताको आईसोलेशनमा २ सय ३६ जना शंकास्पद बिरामीलाई भर्ना गरिएको सचिव घिमिरेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्