कलाकार सागर लम्सालद्वारा कोरस डान्सरलाई राहत वितरण



काठमाडौं : सरकारले कोरोनाभाइरसको संक्रमण फैलिन नदिन देशभर लकडाउन गरेको छ । करिव दुई महिनाभन्दा बढि समयदेखि लकडाउन हुँदा सवै क्षेत्रमा असर परिरहेको छ । यो कुरालाई मध्यनजर गदै विभिन्न व्यक्ति, समूह र संस्थाहरुले खाद्यन्नसहित विभिन्न राहत वितरण गरिरहेका छन् ।

त्यस्तै कलाकार सागर लम्साल बलेले पनि लकडाउनको बेलामा अति आवश्यक परेका कोरस डान्सरलाई राहत वितरण गरेका छन् । लकडाउनबाट दैनिक ज्यालामजदुरी गरेर जीवनयापन गर्ने कलाकर्मीहरुको जीवन पनि प्रभावित भएको छ । लकडाउनबाट मर्कामा परेका करिब पचास जना कोरस डान्सरलाई सागरले पाँच सय केजी चामल, सय केजी दाल र दुई सय लिटर तेल वितरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्