ठेलाको पानीपुरी खाँदा एकै गाउँका ३३ जना बिरामी



सुर्खेत : ठेलामा राखिएको पानीपुरी खाँदा सुर्खेतको भेरीगंगा नगरपालिकाको एकै गाउँका ३३ जनाभन्दा बढी बिरामी परेका छन् । 

 

भेरीगंगा नगरपालिका ११ रामघाटमा ठेलामा राखिएको पानीपुरी खाँदा उनीहरु बिरामी परेका हुन् । बिरामी पर्नेमा महिला र बालबालिका रहेका छन् ।  

 

पानीपुरी खाएर बिरामी परेकाहरुलाई बान्ता आउने, ज्वरो आउने, पेट दुख्ने र मुर्छा पर्नेजस्ता लक्षण देखिएको छ । स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि उनीहरुलाई क्षेत्रीय अस्पताल कालागाउँमा लगिएको जिल्ला प्रहरी कार्यालयले सुर्खेतले जनाएको छ ।

 

पानीपुरी बेच्ने जयराम खड्कालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्