शान्ति सुरक्षामा खटेको प्रहरीमाथि आक्रमण


रौतहट : रौतहट जिल्लाको मौलापुर नगरपालिकामा शान्ति सुरक्षामा खटेको प्रहरीमाथि आक्रमण भएको छ । हिजो बेलुका भएको यस घटनालाई रौतहट प्रहरीले अझै गोप्य नै राखेको छ ।

मौलापुर नगरपालिका वडा नम्बर १, मर्यादपुरमा राहत वितरणमा अवरोध गर्दै आएका वडाध्यक्ष रामप्रवेश यादवले राहत वितरणमा सहयोग गरेको भनेर वड़ा सदस्यलाई कूटपिट गरेपछि सुरक्षाका लागि खटिएका इलाका प्रहरी कार्यालय मौलापुरका ४ जना प्रहरीमाथि कुटपिट गरी घाइते बनाइएको छ ।

नगरपालिकाले दोस्रो चरणको राहत बितरण गर्दै गर्दा वडाध्यक्ष रामप्रवेश यादवले अवरोध पुर्याएका थिए । वडाध्यक्ष यादवले निरन्तर अवरोध पुर्याउँदा राहत वितरणमा ढिलाई भएको थियो ।

‘पहिलो चरणको राहत जसो तसो वितरण गरेको नगरपालिकाले दोस्रो चरणमा पनि अवरोध सृजना भएपछि प्रहरीको सहयोगमा राहत बाँडेको हो । तर, त्यस काममा पनि बल प्रयोग गरेर वडाध्यक्षले आफ्ना कार्यकर्ता लगाएर प्रहरीमाथि हातपात गरे’ प्रत्यक्षदर्शीले भने, ‘आक्रमण गर्नेहरुले प्रहरीको पोशाक च्यातिदिए भने हतियारसमेत खोसेका थिए । पछि थप प्रहरी आएपछी मात्र उनीहरूले छोडेका हुन् ।’

यस्तो घटना भए पनि मौलापुर प्रहरीले यसलाई गोप्य रुपमै मिलाउँन खोज्दै घटना सार्वजनिक गरेको छैन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

ईलाम : नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रमअन्तर्गत ईलामको श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालय निर्माणको लागि

काठमाडौं : आत्महत्या गरेको फेसबुक लाइभ सेयर नगर्न स्वास्थ तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ

काठमाडौं : नेपालमा सोमबार थप १ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य

काठमाडौं : नेपाल वायुसेवा निगमका तीन पाइलटसहित १४ जनामा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ६३ जना वरिष्ठ सहसचिवहरुलाई प्रदेश

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीलाई प्रवृत्ति

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाटै राजीनामाको दबाब बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली

जनकपुरधाम : प्रदेश नं. २ मा पछिल्लो २४ घण्टामा १ सय १५ जना व्यक्तिमा कोरोना

काठमाडौं : काठमाडौं उपत्यकामा आइतबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

काठमाडौं– बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ । आइतबार मेलम्ची आयोजनाको निर्माण सम्पन्न

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ९३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य

धनगढी : सुदूरपश्चिम प्रदेशमा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक