इंग्ल्यान्डको एफए कपको नयाँ खेल तालिका सार्वजनिक, फाइनल खेल अगष्टमा



एजेन्सी : इंग्ल्यान्डको एफए कप फुटबलको नयाँ खेल तालिका सार्वजनिक भएको छ । इंग्ल्यान्ड फुटबल एसोसियसनले क्वाटरफाइनलबाट फाइनलसम्मको खेल तालिका सार्वजनिक गरेको हो ।

एफए कपको क्वाटरफाइनल खेल जुन २७ र २८ मा हुनेछ । यस्तै जुलाई ११ र १२ मा सेमिफाइनल हुनेछ । फाइनल खेल अगष्ट १ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्