कोरोनाका कारण ब्रिटिस मोटोजिपी रद्द



एजेन्सी : मोटर बाइकको रेसिङ प्रतियोगिता ब्रिटिस मोटोजिपी रद्द भएको छ । कोरोना भाइरसका कारण अगष्ट २७ देखि ३० सम्म हुने प्रतियोगिता रद्द भएको हो ।

यस्तै अष्ट्रेलियन मोटोजिपी रेस समेत रद्द गरिएको छ । अष्ट्रेलियन मोटोजिपी अक्टोबर २३ देखि २५ सम्म हुने तालिका रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्