महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गरिने प्रतिबद्धता


काठमाडौंः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

दोस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा यहाँ आज आयोजित ‘भर्चुअल’ बैठकलाई सम्बोधन गर्दै उहाँले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने उद्देश्यअनुसार नै सरकारले नीति तथा कार्यक्रम बजेटमा समेत व्यवस्था गरिएको बताईन् ।

बिहीबार अर्थमन्त्री डा.युवराज खतिवाडले संघीय संसद्मा प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा सबै स्थानीय तहमा महिला उद्यमशीलता सहजीकरण केन्द्र स्थापना गर्ने, महिलाविरुद्ध हुने सबै प्रकारका सामाजिक विभेद तथा भेदभाव, शोषण र हिंसा अन्त्य गरिने र सामाजिक कुप्रथा, अन्याय हटाउन स्थानीय सरकार, गैरसरकारी तथा सामुदायिक क्षेत्रसमेतको सहभागितामा सामाजिक जागरण र जनचेतना अभियान सञ्चालन गर्ने भनिएको छ ।

उनले भने,“समाजमा विद्यमान विकृति, विसङ्गति र सबै प्रकारका हिंसा अन्त्यका लागि आवश्यक कार्यक्रम तय गरिसकिएको छ, त्यसका लागि आवश्यक कार्यक्रम, नीति र बजेटको व्यवस्था मिलाइएको छ ।” उनले लकडाउनका बेला हुने महिला हिंसा अन्त्यका लागि प्रदेश र स्थानीय तहसँग सहकार्यमा जोड दिएको बताउँदै महिला हिंसा अन्त्यका लागि पुरुषलाई सचेत बनाउन अभियान नै सञ्चालन गर्ने घोषणा जानकारी दिए ।

कोरोनाका बेला महिला हत्या र हिंसाजन्य आपराधिक घटना भएमा विश्व समुदाय नै चिन्तित रहेको उल्लेख गर्दै त्यसो हुन नदिन सरकार प्रतिबद्ध रहेको मन्त्री गुरुङको भनाइ छ । उनले महिला हिंसा अन्त्यका लागि सरकारले महिलालाई उद्यमशील बनाउन आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा ‘महिला उद्यमशीलता सहजीकरण केन्द्र’ स्थापना गर्ने तय गरिएको पनि बताए ।

नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको गम्भीर ध्यानाकर्षण गराए । मन्त्रालयका सचिव यामकुमारी खतिवडाले महिला हिंसाको घटना हुन नदिन सरकारले पुरुष सहभागितामा जोड दिने गरी आवश्यक योजना बनाएको बताए ।

सरकारले महिलाको सामाजिक, आर्थिक अधिकार हासिल हुने गरी महिला लक्षित कार्यक्रम सञ्चालन गर्दै स्वास्थ्य जोखिममा परेका दुर्गम क्षेत्रका गर्भवती र सुत्केरीको हवाई उद्धार गर्ने कार्यलाई निरन्तरता दिइने बजेटमार्फत जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

ललितपुर : महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि

जनकपुरधाम : प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा २० जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी

काठमाडौं– समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी(राजपा)मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा)लाई निर्वाचन आयोगले दल

काठमाडौं– सरिता गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन्। कानून विपरीत समाजवादी पार्टीले आफूमाथि कारबाही

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बृहत्तर जनकपुर क्षेत्र विकास परिषदको अगाडि रहेको गुठीको जग्गा लिजमा

काठमाडौं : आइतबार काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ८२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य

काठमाडौँ : कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन्

काठमाडौं : भारतको बहराइच क्षेत्र हुँदै आइतबार सहलका दुई वटा झुण्ड नेपाल प्रवेश गरेको छ

काठमाडौँ : सुदूरपश्चिम प्रदेशमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक

काठमाडौं : सरकारले बुधबारदेखि ६ मुलुकमा तेस्रो पटक थप ४२ चार्टर उडान गर्ने भएको छ

काठमाडौं : देशका अधिकांश क्षेत्रमा मंगलबारसम्म भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग