प्रधानमन्त्रीलाई कैलालीका व्यापारीले बुझाए ज्ञापनपत्र 



कैलाली : कैलाली उद्योग बाणिज्य संघ कैलालीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सातबुँदे ज्ञापन पत्र बुझाएको छ ।

संघका अध्यक्ष पुष्पराज कुँवरको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुधबार प्रधानमन्त्री ओलीलाई सात बुँदे ज्ञापन पत्र हस्तान्तण बुझाएका हुन् । ज्ञापन पत्र बुझ्ने क्रममा प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशको विकासका लागि आफू एकदमै सकारात्मक रहेको बताए ।

ज्ञापन पत्रमा प्रदर्शनिस्थलको निर्माण, गौरी फन्टा नाकालाई अन्तर्राष्ट्रिय नाका बनाइनुपर्ने र चीनसँग जोडिने नाकाको रुपमा विकास गरिनुपर्ने, सेती अञ्चल अस्पताललाई सुविधासम्पन्न क्षेत्रीय अस्पतालको रुपमा विकास गरिनुपर्ने माग उल्लेख छ ।

त्यस्तै गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा विस्तार गर्दै वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गरिनुपर्ने, विशेष औद्योगिक क्षेत्रको स्थापना, सुदूरपश्चिम प्रदेशलाई १० वर्षसम्म ट्याक्स फ्रि जोन घोषणा गर्नुपर्ने, प्रदेशस्तरीय प्रर्यटन केन्द्रको स्थापनाका साथै खप्तड, शुक्लाफाँटा, घोडाघोडी ताल जस्ता पर्यटकीय क्षेत्रमा पूर्वाधारको विकास गरिनुपर्ने लगायतका माग ज्ञापनमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्