नारायणी अस्पतालको सेवा सुचारु गर्न अस्पताल प्रशासन गम्भीर नभएको युवा नेता सर्राफको आरोप



वीरगन्जः कोभिड अस्पताल मुक्त भएको चार दिन वित्ति सक्दा पनि वीरगन्जको नारायणी अस्पतालको जेनरल सेवा संचालन आउँन सकेको छैन ।

अस्पताल संचालनमा शुरसार नदेखेपछि जनता समाजवादी पार्टीका नेताहरुले अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा.मदन कुमार उपाध्यायलाई यथाशिघ्र अस्पताल संचालनमा ल्याउँन माँग गर्दै ध्यानकर्षण गराएका छन ।

अस्पतालको जेनरल सेवा पूर्ण रुपमा बन्द गरी संघ सरकारले कोभिड विशेष अस्पताल घोषणा गरेदेखि नै जनता समाजवादी पार्टीका सहमहासचिव सहितका नेताहरु विगत २७ दिनदेखि अस्पतालको सम्पूर्ण सेवा संचालनको माँग गर्दै धर्ना कार्यक्रमको आयोजना गरी विरोध जनाउँदै आएका छन ।

कोरोना विशेष अस्पताल अन्तै सरेर गएपनि र नारायणी अस्पताल कोभिड मुक्त अस्पताल भएको चार दिन विक्तिसक्दा पनि अहिले सम्म संचालनमा कुनै प्रकृया नै शुरु नभएपछि अस्पतालमै पुगेर जनता समाजवादी पार्टीका सहमहासचिव निजामुदिन समानी, वीरगन्ज नगर अध्यक्ष ओमप्रकाश सर्राफ र मानव अधिकारकर्मी हरेन्द्र कुर्मी (बाबा) ले मेसु उपाध्यायलाई ध्यानकर्षण गराउँदै यथाशिघ्र अस्पतालको सेवा संचालन गर्न माँग गरेका हु ।

मेसु उपाध्याय र आन्दोलनलकारी पक्ष बीच भएको छलफल सकारात्मक भएको बताए पनि छलफलमा मेसु उपाध्याय अस्पताल संचालनमा गम्भीरता र सन्तोषजनक तयारी नगरेकोले आन्दोलन यथावत नै रहने युवा नेता ओमप्रकाश सर्राफले बताए । दिनँहु जनताले निजि अस्पतालमा भारी आर्थिक भार खेप्दै उपचार गराउँन बाध्य रहेकोले जनताको जिउ ज्यानको रक्षाको लागि अस्पतालको सम्पूर्ण सेवा यथाशिघ्र संचालन गर्न उनले माँग गरे ।

छलफलमा सहभागि जनता समाजवादी पार्टीका सह महासचिव समानीले नारायणी अस्पताललाई कोभिड बनाए पश्चात पर्सा, बारा, रौतहत र सर्लाही लगायतको सर्वसाधारण जनताहरु संकटको अवस्थामा पनि सरकारी तथा गुणस्तरीय उपचारबाट बन्चित भएको आरोप लगाए । लकडाउनले गर्दा आर्थिक संकट समेत झेलीरहेका सर्वसाधारण जनता चर्को शुल्क तिरेर निजि अस्पतालमा उपचार गराउँन बाध्य पनि स्तरीय सेवा पाउँन नसकेकोले नारायणी अस्पतालको सम्पूर्ण सेवा यथाशिघ्र संचालन गर्नुपर्ने माँग गरे ।

अस्पतालका मेसु उपाध्यायले आईतबार देखि केहि सेवा सूचारु गरिने आश्वासन दिए । उनले भने, गण्डक होस्पटीललाई नारायणी अस्पतालकै मातहातमा अस्थायी कोभिड विशेष अस्पताल बनाईएकोले यसमा पनि जनशक्ति प्रयोग गरिएको हुनाले यथास्थितीमा भएकै जनशक्ति अस्पतालको केहि सेवा भने सुचारु गरिने छौ ।

प्रतिक्रिया दिनुहोस्