मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु



बझाङ :  मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । 

मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका वडा नं १० बस्ने बर्षिय २३ का पवन छत्याल र वडा नं ७ सुवेडा बस्ने २४ बर्षिय प्रेम हमाल रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

घाइते हुनेमा जयपृथ्वी नगरपालिका वडा नं १० चैनपुरका २० बर्षिय आकाश सिंह रहेका छन । घाइते सिंहको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । मंगलबार राती तमैलबजार नजिकै जयपृथ्वी नगरपालिकाको वडा नं ७ मालेभिरमा से ६ प ६४६६ नं को मोटरसाइकल दुर्घटनाग्रस्त भएको हो । 

तमैलबजारबाट चैनपुर आउने क्रममा मोटरसाइकल दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । मोटरसाइकल सडकबाट सय मिटर तल खसेको हो । बिहान ४ बजे घाइते आकाश सिंहले सम्पर्क गरेपछि घटनाबारे प्रहरीलाई जानकारी भएको हो । 

दुई दिनअघि मात्र चैनपुरबाट धामीलेक जाने क्रममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने सातजना घाइते भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्