नेपालमा पाइने यी जडिबुटी जसले बढाउँछ यौनशक्ति



काठमाडौं : आयुर्वेद विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायका अनुसार नेपालमा प्रयोग गरिने यौनशक्ति वद्र्धक केही जडीबुटी:

यार्सागुम्बाः
विश्वमा हालसम्म कर्डिसेप्स वर्गमा पर्ने ढुसी (स्याक फंगस) का ६ सय ८० भन्दा बढी प्रजाति पत्ता लागेका छन्। यीमध्ये सबैभन्दा परिचित ढुसी यार्सागुम्बालाई अंग्रेजीमा ‘क्याटरपिलर फंगस’ भनिन्छ। यो नेपाल र तिब्बतका हिमाली भेगमा पाइने एक प्रकारको बहुमूल्य जडीबुटी हो।

यसलाई वैशाख १५ देखि जेठ १५ बीचको समयमा टिपेर प्रशोधन गरी विभिन्न खाद्य पदार्थमा मिसाई वा औषधिमा सम्मिलित गरी प्रयोग गर्दा शरीरका सम्पूर्ण प्रणालीलाई स्वस्थ राख्ने र खास गरी
यौन ऊर्जा बढाउने विश्वास गरिन्छ।

अदुवाः
पुरुषको यौनशक्ति बढाउनका लागि अदुवाको प्रयोगलाई आयुर्वेदमा उपयोगी मानिएको छ। यसले पुरुषको लिंगलगायत सम्पूर्ण यौनक्षमताको विकास गर्ने गरिन्छ।

बेलको पातः
बेल यस्तो रूख हो, जसको पातलाई हिन्दू संस्कृतिमा शिवको पूजा–आराधना गर्दा चढाउन आवश्यक मानिन्छ। बेलका पातको नियमित सेवन गर्नाले मान सिक शक्ति विकास हुने र एका ग्रता बढाएर त्यसको माध्यमबाट पुरुषमा लिंग उत्तेजना गर्ने र त्यसलाई आवश्यक समयसम्म कायम राख्न सकिने विश्वास गरिन्छ।

अश्वगन्धाः
झारका रूपमा जमिनमा उम्रने यो वनस्पति आयुर्वेदिक हिसाबले मस्तिष्कको तीक्ष्णता र यौनशक्तिको निरन्तरताका लागि अत्यन्त उपयोगी मानिन्छ।

पाँचऔँलेः
नेपालका विभिन्न भागमा पाइने यो वनस्पति आयुर्वेदमा शास्त्रीय हिसाबले पनि यौनक्षमता वृद्धिका लागि उपयोगी मानिन्छ।

केशरः
यो खाद्य तत्व पनि आयुर्वेदिक दृष्टिकोणबाट यौन क्षमता र मानसिक एकग्रताका लागि उपयोगी मानिन्छ।

काउछोको बीजः
काउछो कोसे वनस्पति हो। यसको बीउलाई धुलो बनाएर नियमित रूपमा खाँदा पुरुषको यौन स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ। यसबाट यौ न दुर्ब लता तथा नपुंसकता हराउँछ भनी आयुर्वेदमा उल्लेख छ। यो निकै तीतो हुन्छ।

प्रतिक्रिया दिनुहोस्