भारतमा कोरोनाबाट मृत्यु र संक्रमित हुनेको संख्यामा नयाँ रेकर्ड



एजेन्सी : भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या उच्च रहेको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २ सय ६९ जनाको मृत्यु भएको छ । जुन मृत्यु हुनेको संख्या भारतमा एकैदिन एकैदिन अहिलेसम्मकै उच्च हो । त्यहाँका स्वास्थ्य अधिकारीहरु यो नयाँ रेकर्ड रहेको बताउँछन् । यो समाचार तयार पार्दासम्म ।

भारतमा कोरोनाबाट हालसम्म १ लाख ७३ हजार संक्रमित छन् जसमा ८ हजार नयाँ संक्रमित थपिए । यो संक्रमितको संख्या पनि अहिलेसम्मकै उच्च हो । ४ हजार ९ सय ८० जनाको मृत्यु भैसकेको छ भने ८२ हजार उपचारपछि निको भएका छन् ।

भारत कोरोनाबाट दक्षिण एसियामा सबैभन्दा धेरै प्रभावित देश हो ।

प्रतिक्रिया दिनुहोस्