अमेरिकामा ५ लाख १९ हजारभन्दा बढी कोरोना संक्रमित उपचारपछि निको



एजेन्सी : अमेरिकामा कोरोना भाइरसको महामारीबाट संक्रमित भएका ५ लाख १९ हजारभन्दा बढी निको भएका छन् ।

शनिवार बिहान ५:३० बजेसम्म अमेरिकामा ५ लाख १९ हजार २८२ जना कोरोना भाइरसको संक्रमणबाट डिस्चार्ज भएका छन् ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार १९५ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख ४ हजार ५२५ पुगेको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार ४०९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १७ लाख ९२ हजार ८७० पुगेको छ ।

उपचार गराइरहेका ११ लाख ६९ हजार ६३ जनामध्ये १७ हजार २०३ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्