पाकिस्तानमा कोरोना मृत्युदर उच्च, एकैदिन २८ सय संक्रमित



एजेन्सी : पाकिस्तानमा कोरोना भाइरसको प्रभाव दिन प्रतिदिन बढ्दै गएको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार बितेको २४ घण्टामा ५७ जनाको संक्रमणबाट मृत्यु भएको छ भने २८ सय नयाँ संक्रमित थपिएका छन् । जुन संख्या पछिल्ला दिनहरु भन्दा उच्च हो ।

पाकिस्तानमा हालसम्म कोरोनाबाट ६४ हजार संक्रमित छन् भने १ हजार ३ सय १७ जनाको मृत्यु भएको छ । २२ हजार उपचारपछि निको भएका छन् ।

पाकिस्तान कोरोनाबाट दक्षिण एसियामा भारतपछि सबैभन्दा धेरै प्रभावित देश हो ।

प्रतिक्रिया दिनुहोस्