आगलागीमा १० लाखको क्षति



विराटनगर : मोरङको सुन्दरहरैंचा नगरपालिका–५ का नेगी गुरुङको ग्वाली घरबाट बुधबार बिहान सुरु भएको आगलागीमा परेर १० लाख मूल्य बराबरको क्षति भएको छ । 

बिहान ३ बजे गाई वस्तुलाई खोले पकाउने क्रममा अचानक आगलागी हुँदा दुई तले टिनको छानो भएको ग्वाली घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार छिमेकी मोहन लिम्बूको फुसको छानो भएको ग्वाली घरमा समेत आगलागी हुँदा घरसहित पराल, काठ, भाँडावर्तन, अन्नपात जलेको छ । 

दमकल, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्