सिटीइभिटीको भवनमा १०० श्ययाको आइसोलेसन कक्ष बन्दै


धनुषा : कोरोना सङ्क्रमितको बढ्दो क्रमसँगै जनकपुरधामको प्रादेशिक अस्पतालको आइसोलेसन श्यया भरिएको हुँदा थप आइसोलेसन कक्ष धनुषाको सपहीमास्थित सिटीइभिटीको भवनमा निर्माण गरिने भएको छ ।

धनुषा जिल्ला सङ्कट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले उक्त भवनमा आइसोलेसन कक्षको निर्माण गरिने निर्णय गर्दै त्यसका लागि नेपाली सेनालाई जिम्मा दिएको छ । सेनाले आइसोलेसन निर्माणको कार्य शुरु गरिसकेको र आज रातिसम्म कोरोनाको सङ्क्रमित बिरामीलाई लगेर राख्ने तयारी भएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकरी शरदकुमार पोखरेलले जानकारी दिए ।

लक्ष्मीनिया गाउँपालिकाको वडा नंं ३ सपहीमा रहेको सिटीइभिटीको भवन अत्याधुनिक तथा सुविधासम्पन्न छ । उक्त भवनमा १०० वटासम्मको आइसोलेसन श्यया निर्माण गर्न लागेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । जनकपुरधामको प्रादेशिक अस्पतालमा रहेको आइसोलेसनमा अहिले ३० भन्दा बढी बिरामी उपचारमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो स्वार्थका लागि राष्ट्रपतिलाई विवादमा नतान्न

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबार बस्ने भएको छ। पार्टीको

काठमाडौं : आज असार शुक्ल पूर्णिमाका दिन अर्थात गुरु पूर्णिमा । आज गायत्री, दीक्षा, वेद

बझाङ : शनिबार बिहान बझाङको केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा गएको पहिरोमा पुरिएका ६

काठमाडौं : नेपालमा कोरोनाभाइरस (कोभिड१९)बाट थप दुई जनाको मृत्यु भएको छ । मन्त्रालयले शनिबार आयोजना

पर्सा : आर्थिक नगरीको रुपमा परिचित वीरगन्ज महानगरपालिको मुख्य सडक पोखरीमा परिणत बन्दै गएपनि सम्बन्धित

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको

काठमाडौं : ललितपुरको खोकनामा स्थानीयवासी र प्रहरीबीच शनिबार दिउँसो झडपा भएको छ । झडपमा ४

बझाङ : शनिबार बिहान बझाङको केदारस्युँ गाउँपालिका–८ को मललेसिमा गएको पहिरोमा पुरिएकाको उद्धार गर्न गएको

काठमाडौं : काठमाडौं उपत्यकाको ढलमा कोरोनाभाइरस (कोभिड–१९)को भाइसर फेला परेको छ । सेन्टर फर मलिकुलर

बझाङ : बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा शनिबार बिहान गएको पहिरो पुरिएका दुई

काठमाडौं : महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचाररत १३ महिनाको शिशुमा कोरोना संक्रमण देखिएको छ ।