गण्डकी प्रदेशको नीति तथा कार्यक्रम आइतबार


कास्की : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम जेठ १८ गते आइतबार प्रस्तुत गर्ने भएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आइतबार दिउँसो ३ः०० बजे नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहनुभएका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

प्रदेश प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्नेछन । सरकारले आगामी वर्ष स्वास्थ्य तथा कृषि क्षेत्रलार्ई प्राथमिकतामा राखेर नीति कार्यक्रम तथा बजेटको तयारी भइरहेको जनाएको छ ।

कोभिड–१९ का कारणले सिर्जित असहज अवस्थाबाट सङ्कटमा परेको अर्थतन्त्रलाई चलायमान बनाउने, स्वास्थ्य उपचार र पूर्वाधार निर्माणमा जोड दिने, कृषि क्षेत्रको यान्त्रीकरण र आधुनिकीकरणका माध्यमबाट रोजगारी सिर्जना तथा उत्पादकत्व वृद्धिको योजनालाई मुख्यगरी आगामी वर्षको नीति कार्यक्रममा समेटिने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबार बस्ने भएको छ। पार्टीको

काठमाडौं : आज असार शुक्ल पूर्णिमाका दिन अर्थात गुरु पूर्णिमा । आज गायत्री, दीक्षा, वेद

बझाङ : शनिबार बिहान बझाङको केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा गएको पहिरोमा पुरिएका ६

काठमाडौं : नेपालमा कोरोनाभाइरस (कोभिड१९)बाट थप दुई जनाको मृत्यु भएको छ । मन्त्रालयले शनिबार आयोजना

पर्सा : आर्थिक नगरीको रुपमा परिचित वीरगन्ज महानगरपालिको मुख्य सडक पोखरीमा परिणत बन्दै गएपनि सम्बन्धित

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको

काठमाडौं : ललितपुरको खोकनामा स्थानीयवासी र प्रहरीबीच शनिबार दिउँसो झडपा भएको छ । झडपमा ४

बझाङ : शनिबार बिहान बझाङको केदारस्युँ गाउँपालिका–८ को मललेसिमा गएको पहिरोमा पुरिएकाको उद्धार गर्न गएको

काठमाडौं : काठमाडौं उपत्यकाको ढलमा कोरोनाभाइरस (कोभिड–१९)को भाइसर फेला परेको छ । सेन्टर फर मलिकुलर

बझाङ : बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा शनिबार बिहान गएको पहिरो पुरिएका दुई

काठमाडौं : महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचाररत १३ महिनाको शिशुमा कोरोना संक्रमण देखिएको छ ।

जनकपुर : जनकपुरमा ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । भैंसी चराउन