निर्मला हत्या अनुसन्धान टुङ्गोमा पुर्‍याउने प्रधानमन्त्रीको प्रतिबद्धता



कैलाली : बुधबार सुदूरपश्चिम प्रदेश सभामा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले निर्मला पन्तका हत्यारा पत्ता लगाएरै छाड्ने दाबी गरेका छन् । 

कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या भएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको भन्दै प्रधानमन्त्री ओलीले सरकारले छानबिन समिति र विभिन्न टोली गठन गरी काम गरिरहेको बताए ।  

प्रधानमन्त्री ओलीले सरकारले गठन गरेका केही आयोग र टोलीले अपेक्षाकृत काम गर्न नसकेको स्वीकार गर्दै अझै पनि अनुसन्धान भइरहेको र अपराधी छिट्टै पत्ता लगाउने आश्वासन दिए ।  

प्रतिक्रिया दिनुहोस्