बेलायती विमास्थलनजिक ड्रोन उडान निषेध



लन्डन : बेलायती विमानस्थलहरुको वरिपरि पाँच किलोमिटरको क्षेत्रमा मानवविहीन यन्त्र (ड्रोन) उडाउन निषेध गरिएको बेलायत सरकारले जनाएको छ ।

अघिल्लो महिला बेलायतका अतिव्यस्त हिथ्रो र ग्याटविक विमानस्थलनजिक ड्रोन उडाइएपछि हवाई सेवा नराम्रोसँग प्रभावित भएको थियो ।

‘ड्रोनको दुरुपयोगबाट बेलायती हवाई मैदानलाई सुरक्षित गर्न ड्रोन निषेध क्षेत्रलाई बढाउनुपरेको हो, र यो नियम मार्च १३ बाट लागू हुनेछ’, यातायात मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले विद्युतीय सामग्री बेचबिखन गर्ने जेसोप्सलाई ड्रोन बिक्रीका बारेमा जनचेतनामूलक कार्य गर्न पनि आग्रह गरेको छ ।

मन्त्रालयले कुत्सित मनसाय राखी ड्रोनको प्रयोग गर्नेविरुद्ध कारबाही र पक्राउ गर्न प्रहरीलाई अख्तियारी दिनेगरी कानुन निर्माण गर्न लागेको बताएको छ । साथै, प्रहरीले ड्रोनबाट संकलन गर्ने विद्युतीय विवरणहरु नियन्त्रणमा लिन पाउने उक्त विधेयकमा व्यवस्था गरिएको छ ।

गत क्रिसमसका अवसरमा ग्याटविक विमानस्थलमा ड्रोनहरु देखिएपछि हजारौं यात्रु तीन दिनसम्म अलपत्र परेका थिए । गत महिना पनि हिथ्रो विमानस्थलबाट उड्ने विमानहरु एक घण्टाका लागि अबरुद्ध भएका थिए ।  

प्रतिक्रिया दिनुहोस्