लकडाउन केही खुकुलो बनाएर लम्ब्याउने सरकारको तयारी



काठमाडौंः कोरोना भाइरस महामारीका कारण जारी लकडाउ जेठ भर सरकारले लम्ब्याउने तयारी गरेको छ ।

जारी लकडाउन जेठ २० सम्म तोकिए पनि त्यसपछि लकडाउनको अर्को चरण शुरु हुने निश्चित छ तर यस पटक लकडाउनको नयाँ मोडालिटी रहने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दा नयाँ मोडालिटीमा कोरोना भाइरसविरुद्धको संघर्षमा जाने बताएका थिए । उनले उद्योगहरु खुल्न दिने र निर्माणका कार्य गर्न छुट दिनेसमेत उल्लेख छ ।

स्रोतका अनुसार सरकारले सार्वजनिक यातायात र शैक्षिक संस्था अझै केही समय बन्द हुनेछ तर, शैक्षिक कार्यक्रमको विकल्पका रुपमा अनलाइन र दुर शिक्षा शुरु गर्ने तयारी रहेको छ । त्यसै गरी उद्योगहरु संचालन हुने छन् ।

त्यसका लागि भने सम्बन्धित उद्योगीले सुरक्षाको वातावरण मिलाउनु पर्नेछ । कृषि कार्य गर्न छुट नै छ । देशमा कोरोना भाइरसको संक्रमण निकै बढ्न थाले पनि लकडाउनले जनताको दैनिक जीवन नै मुश्किल भएपछि सरकारले आर्थिक गतिविधि निश्चित मापदण्ड तोकेर गर्न दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्