कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै



काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक पार्टी कार्यालय सानेपामा शनिबार दिउँसो १ बजे बस्दै छ ।

बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावबारे मात्र छलफल हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

पार्टीका मुख्यसचिवले छलफलमा भाग लिन य काकेन्द्रीर्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यहरुलाई अनिवार्य उपस्थित हुन भनेका छन् ।

सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानको अनुसूचिमा समावेश गर्नका लागि संविधान संशोधन गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले जेठ ९ गते संसदमा प्रस्ताव दर्ता गराएकी थिइन् ।

संविधान संशोधन गर्न दुई तिहाई बहुमत आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्