राष्ट्रपति भण्डारीसँग छवटा प्रदेश प्रमुखको भेटवार्ता



काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारीसँग छ वटा प्रदेशका प्रदेश प्रमुखहरुले बुधबार भेटवार्ता गरेका छन् । 

बुधबार दिउँसो राष्ट्रपति भण्डारीलाई भेट्न छवटै प्रदेश प्रमुख शीलतनिवासस्थित राष्ट्रपतिको कार्यालयमा पुगेका थिए । भेटवार्तामा प्रदेश प्रमुखहरुले आआफ्ना प्रदेशका सम्पादन भएका कामकारबाही र त्यस क्रममा भएका अनुभवहरु सुनाउँदै समस्याहरु पनि राष्ट्रपतिसमक्ष राखेका राष्ट्रपतिको कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले बताए । 

राष्ट्रपतिसँग भेट्न पुग्ने प्रदेश प्रमुखहरुमा प्रदेश १ का गोविन्द सुब्बा, २ का रत्नेश्वरलाल कायस्थ, ३ का अनुराधा कोइराला, गण्डकीका बाबुराम कुँवर, ५ का उमाकान्त झा, कर्णालीका दुर्गाकेशर खनाल थिए । सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्ल अस्वस्थताका कारण सहभागी भएनन् ।

प्रतिक्रिया दिनुहोस्