सिरहामा थप ११ जनामा कोरोना पुष्टि



सिरहा : सिरहामा शनिबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लहान नगरपालिकाका ८ जना, धनगढीमाई नगरपालिकाका २ र कल्याणपुर नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवका अनुसार योसँगै जिल्लामा कोरोनाबाट संक्रमितको संख्या २५ पुगेको छ ।

भारतको हरियाणा, बैंगलोरलगायत विभिन्न स्थानबाट नेपाल आइ आ–आफ्ना नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए ।

उनीहरुको जेठ ११ र १२ गते पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको थियो । संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य प्रमुख यादवले जानकारी दिए ।

यसअघि आजै जिल्लाको भगवानपुर गाउँपालिकामा ४, बरियारपट्टी गाउँपालिकामा ४, लक्ष्मीपुर पतारी, औरही, नवराजपुर र सखुवानन्कारकट्टी गाउँपालिकामा १–१ जना र जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत दुई प्रहरी हवल्दारमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सप्तरीमा एक महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि

जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवका अनुसार जिल्लामा संक्रमण पुष्टि भएका २५ मध्ये २१ जना भारतबाट घर आएकाहरु हुन् ।

प्रतिक्रिया दिनुहोस्