सोनु निगम नर्भिक अस्पतालबाट डिस्चार्ज



काठमाडौं : स्वास्थ्य उपचारपछि भारतीय गायक सोनु निगम थापाथलीस्थित नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन् । एउटा गीतको भिडियो सुटिङका लागि नेपाल आएका उनी ढाडमा असह्य पीडा महसुस गरेपछि मंगलबार दिउँसो साढे एक बजे अस्पताल भर्ना भएका थिए । 

उनलाई नर्भिक अस्पतालको भीआईपी स्वीट ५०१ मा राखिएको थियो भने डा. पंकज जलान, डा. प्रवीण नेपाललगायतका चिकित्सकको समूहले उनको उपचार गरेको हो । 

यसअघि पनि सोनु निगमलाई सी फूडका कारण छालासम्बन्धी एलर्जी भएपछि भारतकै एक अस्पतालमा केही दिन भर्ना गरिएको थियो ।

उनको स्वास्थ्यमा सुधार आएपछि केही दिनअघि उनी  पोखराको कार्यक्रममा आएका थिए । उनले भारतीय गीतहरुका साथै नेपाली चलचित्रहरुमा समेत स्वर दिदै आएका छन् ।

उनी आजै स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्