सशस्त्र प्रहरीले शुरू गर्‍यो कोरला नाकामा गस्ती



मुस्ताङ : हिमाली जिल्ला मुस्ताङको कोरला नाकामा सशस्त्र प्रहरीले गस्ती शुरू गरेको छ। १६ जेठमा सशस्त्रको सीमा निगरानी चौकी (बीओपी) स्थापना भएसँगै सशस्त्र प्रहरीले गस्ती शुरू भएको हो।

चार हजार ५०० मिटरको उचाइमा सशस्त्र प्रहरीले गस्ती शुरू गरेको छ। सरकारले लोमांथाङ–१ नेचुङमा प्रहरी निरीक्षकको नेतृत्वमा २० जना रहने गरी सशस्त्रको बीओपी स्थापना गरेको छ।

सरकारले भारत र चीनतर्फका नाकामा बीओपी बढाउँदै लैजाने तयारी गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्