दीपक र चेरिसा बज्राचार्यको नयाँ गीत ‘द कोरोना सङ्ग’ सार्वजनिक



काठमाडौं : दीपक बज्राचार्य र चेरिसा बज्राचार्यको स्वरमा कोरोना सम्बन्धी नयाँ गीत ‘द कोरोना सङ्ग’ सार्वजनिक भएको छ । गीतमा दीपक बज्राचार्यकै संगीत र प्रदिप जोशीको संगीत संयोजन रहेको छ । युनिसेफ दक्षिण एसियासँगको सहकार्यमा बज्राचायको टिमले यस सचेतनामूलक गीत सार्वजनिक गरेको हो ।

गीत मार्फत घरै बसेर, सामाजिक दुरी कायम गरेर सकारात्मक सोचका साथ स्वास्थ्य जीवन शैली अपनाएर कोरोनाबाट बच्न र बचाउन गीत मार्फत अनुरोध गरिएको छ । मौलिक नेपालीपन बोकेको यस गीतको भिडियोमा कन्सेप्ट चेरिसा बज्राचायको र निर्देशन रिकि शाक्यको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्