थप १८९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ सय नाघ्यो



काठमाडौं : थप १८९ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १८९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरुमध्ये धनुषाका ७ जना, झापाका एक जना कपिलवस्तुका ७७ जना, ललितपुर १ जना, महोत्तरीका ४ जना, रौतहटका ६ जना, सर्लाहीका ६ जना र सिराहा ११ जना छन्।

यसैगरी रुपन्देहीका २६ र कपिलवस्तुका २९ जनामा पनि कोरोना संक्रमण देखिएको छ। यस्तै धरानमा गरिएको परीक्षणमा सप्तरीका ९ जनामा पनि कोरोना संक्रमण देखिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

उनीहरू कपिलवस्तुका ३ जना छन् भने दाङका ५ जना छन्। नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ३ जनामा कोरोना पुष्टि भएको छ। उनीहरु बाराका १ जना हुन् भने पर्साका २ जना हुन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको १४ जनाको रिपोर्ट पोजेटिभ आएको छ। उनीहरू सबै दैलेखका हुन्। विराटनगरको कोशी अस्पतालमा गरिएको परीक्षणमा २ जनको रिपोर्ट पोजेटिभ आएको छ। उनीहरू दुवै जना संखुवासभाका हुन्।

योसँगै नेपालमा संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको छ। नेपालमा हालसम्म सबैन्दा धेरै संक्रमित थपिएका आज नै हो।

नेपालमा कुल संक्रमितमध्ये हालसम्म ६ जनाको मृत्यु भइसकेको छ। संक्रमण देखिएकामध्ये २१९ जना उपचारपछि निको भइसकेका छन्। आज १३ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या २१९ पुगेको हो।

प्रतिक्रिया दिनुहोस्