श्रीमतीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा श्रीमान पक्राउ



कैलाली: कैलालीमा श्रीमतीलाई आत्महत्या गर्न बाध्य तुल्याएको भन्दै श्रीमान पक्राउ परेका छन् ।

जिल्लाको लम्की चुहा नगरपालिका ७ खरैलाकी ३५ वर्षिया सरिता भण्डारीको आत्महत्याको कारण श्रीमान नै रहेको माइती पक्षले आरोप लगाएपछि प्रहरीले ३५ वर्षीय खगेन्द्र भण्डारीलाई पक्राउ गरेको छ ।

मानसिक र शारीरिक यातना सहन नसकेर मङ्गलवार भण्डारीले आत्महत्या गरेको भन्दै दाजु झंकर विष्टले इलाका प्रहरी कार्यालय लम्किमा उजुरी दिएका थिए ।

१५ गते श्रीमान विरुद्ध उजुरी परेको र १६ गते नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लम्किका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्