देशभर हालसम्म १ लाख ७३ हजार ७ सय ८४ जनामा कोरोना परिक्षण



काठमाडौं : देशभर अहिलेसम्म १ लाख ७३ हजार ७ सय ८४ जनामा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ। पीसीआरविधिमार्फत ६६ हजार ७ सय २९ जनाको र र्‍यापिट डाइगोनोष्टिक टेष्ट (आरडिटी) मार्फत १ लाख ७ हजार ५५ जना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५ सय ७५ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ। आज एकै दिन १ सय ८९ संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको छ। कुल संक्रमितमध्ये १ हजार २ सय २८ पुरुष र १ सय १३ जना महिला छन्।

हालसम्म २ सय १९ जना डिस्जार्च भएका छन् भने ६ जनाको मृत्यु भएको छ। मुलुकभर हाल १ हजार १ सय ७६ जना अस्पतालको आईसोलेसनमा वार्डमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्