केसीले दिए १७ औं अनशनको चेतावनी



काठमाडौं: गोविन्द केसीले १७ औं अनशनको चेतावनी दिएका छन् । डा. केसीले आज विज्ञप्ति जारी गरी १५ औं अनशन तोड्दा सरकारसँग भएका सहमति कार्यान्वयन गर्न माग गरेका छन् । उनले सरकारले सहमति विपरीत अघि बढेमा आफू जुनसुकै बेला अनशन बस्न सक्ने चेतावनी दिए ।

‘प्रबुद्ध नागरिकहरूको आग्रहमा हामीले १६ औं अनशनका कार्यक्रम केही समयलाई स्थगित गरेका थियौं । चिकित्सा शिक्षा विधेयकमा हामीसँग १५ औं सत्याग्रहको बेला भएको सम्झौताअनुसार नै अगाडि बढ्न चाहन्छौं । साथै १५ औं अनशन सत्याग्रहमा सहमति गरिएका अन्य माग पनि अबिलम्ब कार्यान्वयन गर्न माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्थया, सहमति विपरीत अघि बढेमा जुनसुकै समयमा आमरण अनशनसहितको सत्याग्रह शुरू चेतावनी दिन चाहन्छौं ।‘

डा. केसीले संसदमा दर्ता भएको शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जालसम्बन्धी विधेयकमाथि आफ्नो आपत्ति रहेको बताएका छन् । उनले नागरिकको अधिकार कुण्ठित गर्ने विधेयक कदापी स्वीकार्य नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्