पर्सा जिल्लामा कोरोना संक्रमितको संख्या १०१ पुग्यो, ९७ जना घर फर्के



वीरगन्जः पर्सा जिल्लामा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ ।

चार भारतीयसहित ९५ जना उपचार पश्चात घर फर्किसकेका छन । शनिबार थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएसंगै जिल्लामा संक्रमित हुनेको संख्या १०१ पुगेको हो ।

सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर १ घर भएकी ६० वर्षिया महिला र वडा नम्बर २ का १८ वर्षीय युवकमा कोरोना सक्रमण भेटिएको पुष्टि भएको हो ।

सखुवा प्रसौनी गाँउपालिकाको औराहा पन्चगावास्थित दिपनारायण उच्च माविको क्वारेन्टाइनमा क्वारेन्टाइनमा रहेका ५० जनाको स्वाब संकलन गरि वीरगन्जको प्रयोगशालामा पीसीआर जाँच गरिएको थियो । तीमध्ये शनिबार २ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । उनीहरु जेष्ठ १३ गते भारतको मुम्बर र उत्तर प्रदेशबाट आएका थिए ।

संक्रमण पुष्टि भएका दुवै संक्रमितलाई एम्बुलेन्समा राखेर वीरगन्जको गण्डक अस्थायी कोभिड-१९ अस्पतालमा ल्याईएको छ । यो संगै अस्थायी कोभिड अस्पतालमा उचपार हुनेको संख्या १३ पुगेको छ । बाराका पाँच जना र पर्साका ६ जनाको अहिले नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक होस्पटीलमा राखेर उपचार भईरहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा. मदन कुमार उपाध्यायले बताए । हालसम्म उनीहरुको अवस्था समान्य रहेको समेत उनले जानकारी गराए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेण्ड उपाध्याय अनुसार पर्सा जिल्लामा अहिले सम्म ३ हजार ६ सय ३० जनाको स्वाब संकलन गरिएको छ । जस मध्ये शनिबार सम्म ३ हजार ३ सय ६० जनाको रिपोर्ट आईसकेपछि जिल्लामा संक्रमितको संख्या १०१ पुगेको हो ।

पर्सामा भेटिएका १ सय १ संक्रमित मध्ये ४ जना भारतीय नागरिक र बाँकी ९७ जना पर्साका स्थानीय हुन् । पीसआर जाँचका लागि संकलन गरिएको स्वाबमध्ये अब २७० को रिपोर्ट आउँन बाँकी रहेको मेडिकल सुपरिटेण्डेड डा. उपाध्यायले बताए । त्यसैगरी २ हजार ४ सय ८४ जनाको आरडिटी परिक्षण गरिएको थियो ।

पर्सा जिल्लामा हाल सम्म कोभिड १९ पोजेटिभ मात्र भेटिएका छन तर उनीहरुमा कुनै प्रकारको कोभिडको लक्षण देखा नपरेको उनले बताए । कोभिडको लक्षण देखा नपर्दा उनीहरुको स्वास्थ्य अवस्था समेत समान्य रहेकोले उपचार पश्चात घर फर्केका छन ।

अस्पतालमा भर्नारत अवस्थामा पनि कुनैप्रकारको लक्षण नदेखिएका कारण नियमित दुईपटक पीसीआर परिक्षण गरिदा समेत रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको उनले बताए । उनले भने, पीसीआर पोजेटिभ भएर मात्र अस्पताल भर्ना हुन आएका थिए । त्यो बाहेक उनीहरुमा कोभिड लक्षण थिएन ।

अस्पतालमा भर्ना हुदाँ पनि कुनैप्रकारको लक्षण नआएको र यहाँबाट जानु भन्दा अगाडी पनि समस्या देखा परेन । साधारण र विना लक्षणका विरामीहरु हुनुहुन्थ्यो केहि विरामीहरुमा हृदयरोग, केहिमा मधुमेह भेटियो तर पनि कोभिडले थप जोखिम वा जटिलता देखिएन नियमित औषधी सेवनमा रहेर दुईवटा पीसीआर रिपोर्ट निगेटिभ आएपछि डिस्चार्ज गरेर घर पठाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्