पत्रकार बीफा चौधरीमाथिको आक्रमणप्रति नेपाल थारु पत्रकार संघद्वारा आपत्ति



काठमाडौं : रेडियो नमस्ते टीकापुरमा कार्यरत पत्रकार बिफा चौधरीमाथि भएको आक्रमणप्रति नेपाल थारु पत्रकार संघद्वारा आपत्ति जनाएको छ।

संघले विज्ञप्ति जारी गर्दै शुक्रबार राति तीनजनाको अज्ञात समूहले गरेको सांघातिक आक्रमणप्रति पत्रकार संघले गम्भीर आपत्ति जनाएको हो। मानवताविरुद्धको जघन्‍य अपराधका दोषीलाई छानबिन गरी कानुनी कारबाहीको माग पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्