काठमाडौं : सरकारले जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।
शनिबार बसेको मन्त्रिपरिषद बैठकले कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन लकडाउन गर्ने निर्णय गरेको हो ।
यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ । विज्ञहरुसँग परामर्श गरेर मोडालिटी तय गर्ने एक मन्त्रीले जानकारी दिए ।
मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठक अगाडि सुरक्षा परिषद बैठक बसेको थियो । त्यसको सिफारिस अनुसार मन्त्रिपरिषदले निर्णय गरेको हो ।