हेलिकप्टरबाट सुत्केरीको उद्धार



कैलाली : बाजुराको गौमुल गाउँपालिका १ अन्द्राडीकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । फागुन २ गते घरमै छोरा जन्माएकी २२ वर्षीया अन्जना बोहराको साल नझरेपछि हेलिकप्टर मार्फत काठमाण्डौं लगिएको हो । 

एक हप्तादेखि साल अड्किएर स्वास्थ्य अवस्था गम्भीर बनेपछि बुधबार उनलाई हेलिकप्टरबाट उद्धार गरिएको हो । 

स्वास्थ्य चौकी जान दुई दिन लाग्ने हुँदा एक हप्तासम्म परम्परागत शैलीमा उनको उपचार गरिएको स्थानीयको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्