काठमाडौंमा भूकम्पको धक्का महशुस



काठमाडौं– काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । शनिबार राति धादिङ केन्द्र विन्दु भई ४.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्प ९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौला बजार आसपास केन्द्रबिन्दु भएर गएको हो । भूकम्प नयाँ नभएर २०७२ सालको भूकम्पकै पराकम्प भएको बताइएको छ । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा पनि भुकम्पको धक्का महशुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्