असार १६ सम्म आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान बन्द



काठमाडौं : सरकारले हवाई उडान र अन्तर्राष्ट्रिय सीमा नाकाको आवागमन असार १६ गतेसम्म बन्द हुनेछ ।

शनिबार बसेको मन्त्रिपरिषद बैठकले कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन हवाई उडान र अन्तर्राष्ट्रिय सीमा नाकाको आवागमन बन्द गर्ने निर्णय गरेको हो ।

साथै जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय बैठकले गरेको छ ।

मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठक अगाडि सुरक्षा परिषद बैठक बसेको थियो । त्यसको सिफारिस अनुसार मन्त्रिपरिषदले निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्