भारतमा कोरोना भाइरसको संक्रमणले ५ हजार १ सयभन्दा बढीको मृत्यु



एजेन्सी : भारतमा कोरोना भाइरसको संक्रमणबाट ५ हजार १ सयभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा २०५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार १८१ पुगेको हो ।

एकै दिन ८ हजार ३३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा कुल संक्रमितको संख्या १ लाख ८१ हजार ८२७ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । संक्रमितमध्ये ८६ हजार ९३६ जना संक्रमणमुक्त भएका छन् ।

कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ ।

प्रतिक्रिया दिनुहोस्