ब्राजिलमा कोरोना संक्रमितको दैनिक वृद्धिमा नयाँ रेकर्ड



एजेन्सी : ब्राजिलमा कोरोना भाइरसको संक्रमण र मृत्युदर उच्च रहेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बितेको २४ घण्टामा त्यहाँ ३० हजार १ सय नयाँ संक्रमित थपिएका छन् भने ८ सय ९० जनाको मृत्यु भएको छ । संक्रमित हुनेको संख्या एकैदिन अहिलेसम्मकै धेरै हो । यसअघि सबैभन्दा धेरै मे २९ अर्थात् पछिल्लो दिन मा २९ हजार ५ सय ५६ रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ ।

हालसम्म ब्राजिलमा कोरोना भाइरसको कारण ४ लाख ९८ हजार संक्रमित छन् भने २८ हजार ८ सय ३४ जनाको मृत्यु भएको छ । २ लाख ५ हजार उपचारपछि निको भएका छन् ।

ब्राजिल कोरोनाबाट विश्वमा दोस्रो र ल्याटिन अमेरिकामा पहिलो धेरै प्रभावित देश हो ।

प्रतिक्रिया दिनुहोस्