रुसमा ३ लाख ९६ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण



एजेन्सी : ५ महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ३ लाख ९६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

एकै दिन ८ हजार ९५२ जनामा संक्रमण देखिएको छ । योसँगै ३ लाख ९६ हजार ५७५ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १८१ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४ हजार ५५५ पुगेको छ ।

२ लाख २४ हजार ५५१ जनाको उपचार भइरहेको छ भने १ लाख ६७ हजार ४६९ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्