डिसेम्बरभित्र कोरोना भाइरसविरुद्धको भ्याक्सिन ल्याइसक्ने चीनको दाबी



एजेन्सी : चीनले कोरोना भाइरसविरुद्धको भ्याक्सिन डिसेम्बरसम्म विश्व बजारमा ल्याउने दाबी गरेको छ ।

चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषद्ले शनिबार सामाजिक सन्जालमा एक पोष्ट गर्दै उक्त दाबी गरेको हो ।

वुहान इन्सटिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्सटिच्युट अफ वायोलोजिकल प्रोडक्ट्सले तयार पारिरहेको भ्याक्सिन यसै वर्षको अन्त्यसम्म आउने उसले जनाएको हो ।

पहिलो चरणको परीक्षण सफल भएपछि हाल उक्त भ्याक्सिन २ हजार जनामा परीक्षण गरिएको जनाइएको छ ।

मे महिनाको २९ तारिखमा चीनको सामाजिक सन्जाल वी च्याटमा सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषद्ले लेखेको पोष्टमा ढिलोमा अर्को वर्षको सुरुवातमा बजारमा आउन सक्ने जानकारी दिइएको छ ।

चीनको वुहानबाट सुरू भएको कोरोना भाइरसको महामारी ५ महिनादेखि फैलिदा पनि यसको भ्याक्सिन र औषधि तयार नहुदा संसार आक्रान्त भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्