अस्ट्रेलिया पढ्न गएका १२ सय नेपाली विद्यार्थीको बिचल्ली



काठमाडौं: नेपाली दूतावासका अनुसार विभिन्न तह र विषय अध्ययन गर्न ३५ हजार नोपली अस्ट्रेलिया पुगेका छन्। सिड्नी र ब्रिस्बनमा सञ्चालित अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) मा करिब ३८ हजार विद्यार्थी अध्ययन गरिरहेका छन्।

सो कलेजमा करिब १२ सय नेपाली विद्यार्थीले नर्सिङ पढिरहेका छन्। तर, कलेजले नर्सिङ कार्यक्रम सञ्चालन गर्न अस्ट्रेलियन नर्सिङ काउन्सिलबाट अनुमती नलिएको पाइएको छ ।  नर्सिङ कार्यक्रम सञ्चालन गर्न काउन्सिललेमा कलेजले आवेदन दिएकै भरमा विद्यार्थी भर्ना गरेको थियो।

औसतमा २० लाख रुपैयाँ बुझाएर गएका विद्यार्थीले अस्टे«लिया पुगेपछि मात्र सो कलेजले अनुमति नै नपाएको जानकारी पाएका थिए। शिक्षा मन्त्रालयका उपसचिव बालकृष्ण चापागाईं कलेजको प्रायोजनमा सिंगापुर घुमे, तर कलेज दर्ता नै भएको छैन भन्ने पत्तो समेत पाएनन्। शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले मान्यता नपाएको संस्थामा पढ्न विद्यार्थीलाई कसले भिसा दियो ? भनेर प्रश्न गरेका नयाँपत्रिकामा खवर छ । 

प्रतिक्रिया दिनुहोस्