सामाजिक सुरक्षा कोषको रकम बैंकमा लगानी गर्ने सरकारको तयारी



काठमाडौं:  श्रमिकको सेवा सुविधाका लागि सामाजिक सुरक्षा कोषमा जम्मा गरिएको रकम सरकारले विभिन्न बैंकमा राख्ने तयारी गरेको छ। सामाजिक सुरक्षा कोषले श्रमिकको कल्याणकारी कोषमा रहेको कुल रकममध्ये २ अर्ब ६ करोड १० लाख रुपैयाँ बैंकमा लगानी गर्नेछ । 

कोषको रकम बाणिज्य बैंकहरुमा लगानी गर्नेसम्बन्धी कार्यविधि अनुसार सो रकम लगानी गर्न लागिएको कोषले जनाएको छ। सामाजिक सुरक्षा ऐन अनुसार श्रमिकको विभिन्न सुविधाका लागि कोषमा जम्मा भएको रकम लगानी गर्न सकिने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्