भारतमा लकडाउन खुकुलो पार्ने योजना, संक्रमण तीव्र वृद्धि हुँदै



एजेन्सी– कोभिड–१९ बाट दक्षिण एशियामा सर्वाधिक प्रभावित देश भारतमा लकडाउनलाई थप खुकुलो पार्ने योजना अघि सारिएको छ।

भारतमा एकै दिन धेरै सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकै दिन देशभरि लागु गरिएको लकडाउनलाई थप खुकुलो पार्ने योजना अघि सारिएको हो । तर धेरै सङ्ख्यामा सङ्क्रमितहरू भेटिएका स्थानहरूमा भने लकडाउन कडा नै रहनेछ।

आगामी जुन ८ तारिखदेखि त्यहाँका कैयौँ क्षेत्रमा रेस्टुराँ, होटल, किनमेल केन्द्र तथा मठमन्दिर खुला गर्ने बीबीसीले जनाएको छ ।

लकडाउन खुकुलो पार्ने तीन चरणको उक्त योजनाको यो पहिलो चरण हुने बताइएको छ।

क्त योजना त्यतिखेर सार्वजनिक भएको छ जतिखेर भारतमा एकै दिनमा ८,००० जनामा नयाँ सङ्क्रमण पुष्टि भएको छ।

भारतमा हालसम्म पौने दुई लाख मानिसहरूमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ भने करिब ५,००० जनाको मृतयु भइसकेको छ ।

भारतभरिका सङ्क्रमणका सक्रिय सङ्ख्यामध्ये ८० प्रतिशतभन्दा धेरै जम्मा पाँच राज्यमा रहेको बताइन्छ। महाराष्ट्र, तमिलनाडु, दिल्ली, गुजरात र मध्यप्रदेशमा सबै भन्दा धेरै सङ्क्रमित छन्।

साठी प्रतिशतभन्दा धेरै सङ्क्रमित मुम्बई, दिल्ली र अहमदाबादसहित पाँचवटा स्थानमा छन्।तीन चरणका योजना

प्रतिक्रिया दिनुहोस्