देउताकाे डरले पूरै गाउँ मदिरामुक्त



मुगु : छायानाथ–रारा नगरपालिका– १३, थार्प गाउँमा मदिरा पाइँदैन । उत्पादन र सेवन दुवै हुँदैन । मदिराका सम्बन्धमा सरकारी नियम–कानुन के भन्छ, त्यो गाउँवासी त्यति जान्दैनन् । उनीहरूले आफ्ना आराध्य मष्ट देवताका डरले गाउँलाई मदिरा निषेधित बनाएका हुन् ।

 

एक सय ३० घरधुरी रहेको थार्पका बासिन्दामा मदिरा सेवन वा बिक्रीवितरण गरे मष्ट देवताले सजाय दिन्छन् भन्ने धारणा रहेको स्थानीय दलित संघका अध्यक्ष बाँकीलाल नेपालीले बताए । अाजकाे कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस्