‘माननीय ज्यू मृत्युु दण्डको कानून बनाउन ढिलाई भएन र ?’



काठमाडौं– सांसद सूर्य प्रसाद पाठकले सदनमा मृत्यु दण्डको माग उठाएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले लोकतन्त्र मृत्यु दण्डको कानूनसँग जाँदैन भन्ने कसैले विश्वास गर्दैन भने आफूहरू बसह गर्न तयार रहेको उनले बताए ।

पश्चिम रुकुममा भएको सामूहिक हत्याको निन्दा गर्दै उनले यस्ता अपराधहरूपछि समाजले आफूलाई मृत्यु दण्डको कानून चाहिन्छ कि चाहिदैन् भनेर प्रश्न गर्ने गरेको बताए ।

पश्चिम रुकुमको घटनाले नेपाललाई नै लजित तुलाएको भन्दै उनले दोषीहरूलाई कडा कानुनी कारवाहीको माग पनि गरेका छन् ।

बैठकमा बोल्दै उनले भने– ‘२०४६ सालको परिवर्तन पछि खास गरि गैर सरकाकारी संस्थाहरूको प्रभावले हामी यस्ता कानूनहरूको अन्तराष्ट्रिय पक्षधर बन्यौं कि केही कानूनहरूले हामीलाई अप्ठेरो पारेको महशुस भइरहेको छ ।’

त्यसपछि उनले थपे– ‘जब समाजमा एउटा अवोद बालिका माथि बलातकार हुन्छ समाजले हामीलाई प्रश्न सोध्छ माननीय ज्यू मृत्यु दण्डको कानून चाहिन्छ कि चाहिदैन्। जब हामी भष्ट्राचारीहरूलाई कारबाही गर्ने कुरा उठाउछौं, भ्रष्ट्राचारका मुद्दाहरू दायर हुन्छन् हामीलाई समाजले प्रश्न सोध्ने गर्छ अब मृत्यु दण्डको कानून चाहिदैन् र ? जब यस्तो सामुहिक हत्याहरू हुने गर्छन् त्यो पनि जातको आधारमा, क्षत्रको आधारमा, लिङ्गका आधारमा मानिसहरूमाथि अपमान हुने गर्छन् मृत्यु दण्ड बनाउने कानूनप्रति ढिलाई भएन र भनेर प्रश्न आउँछ । यदि लोकतन्त्र मृत्यु दण्डको कानूनसँग जाँदैन भन्ने कसैले विश्वास गर्दैन् भने हामी बहस गर्न तयार छौं ।’

प्रतिक्रिया दिनुहोस्