स्याङ्जा र तनहुँमा तीन जनामा कोरोना संक्रमण



पोखरा : गण्डकी प्रदेशमा आज तीन जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशका स्याङ्जा र तनहुँमा गरि तीन जनामा कोरोना देखिएको हो ।

स्याङ्जाको गल्याङ क्वारेन्टाइनमा रहेका २७ र ४० वर्षका दुईजना पुरुष र तनहुँको ऋषिङको क्वारेन्टाइनमा रहेका एक जनामा कोरोना देखिएको हो ।

गण्डकी प्रदेशमा यो सँगै २४ जनामा कोरोना देखिएको छ ।

गण्डकी प्रदेशमा अहिलेसम्म ३ हजार १ सय ९५ जनाको पीसीआर परीक्षणा गरिएको छ ।

जसमध्ये २ सय ९ सय ७ जनामा संक्रमण देखिएको छैन । त्यस्तै २ सय ६८ जनाको नतिजा आउन बाँकी रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्