वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको ८० वर्षको उमेरमा निधन



काठमाडौं : वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको आइतबार बिहान ११ बजे निधन भएको छ । लामो समयदेखि सुगर र प्रेसरका कारण अस्वस्थ्य ठकुरीको ८० वर्षको उमेरमा आज निधन भएको हो । उनले करिब सयभन्दा बढि चलचित्रमा अभिनय गरिसकेका छन् ।

उनी नेपाली चलचित्रसँगै शिरियल, म्युजिक भिडियो र विज्ञापनहरुमा समेत सक्रिय थिए । उनी काठमाडौंको एकान्त कुनामा छोरीको साथमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्