६ जनाको ज्यान जानेगरी भएको घटनाको अनुसन्धान गर्न मानव अधिकार आयोगको टोली रुकुम र जाजरकोट प्रस्थान



काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगको टोली ६ जनाको ज्यान जानेगरी रुकुम पश्चिमको सोतीमा भएको घटनाको अनुसन्धानको लागि रुकुम र जाजरकोट प्रस्थान गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै उपनिर्देशक चन्द्रकान्त चापागाईँको नेतृत्वमा रहेको आयोगको टोली घटनाको अनुसन्धानको लागि रुकुम र जाजरकोट प्रस्थान गरेको जनाएको छ।

टोलीले घटनाको पृष्ठभूमि, जातीय विभेदको अवस्था, घटनाको कारण, शान्तिसुरक्षा र सामाजिक सद्भावको अवस्था तथा निष्पक्ष अनुसन्धान एवम् शान्तिसुरक्षाको अनुगमन तथा अनुसन्धान गर्नेछ ।

जातीय विभेदसँग सम्बन्धित अमानवीय तथा आपराधिक घटनालाई कुनै पनि पक्षले तरङ्गित र अतिरञ्जित नबनाउन आयोगले आग्रह पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्