महानगरीय प्रहरी वृत्त कालिमाटीका २ सय ३१ जनाको कोरोना रिपोर्ट नेगेटिभ



काठमाडौं : महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत २ सय ३१ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

कालिमाटी प्रहरी प्रमुख डीएसपी रुगम कुँवरले कालिमाटी प्रहरी वृत्त र मातहतका सबै प्रहरी कर्मचारीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएको बताएका हुन् । साथै उनले आज (आइतबार)बाट नियमित कार्य सूचारु गरेको जानकारी दिएका छन् ।

७ जेठमा महानगरीय प्रहरी वत्त कालिमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोन संक्रमण देखिएपछि प्रहरी वृत्त नै सिल गरिएको थियो ।

सम्बन्धित समाचार

दुईजना प्रहरीमा कोरोना पुष्टि भएपछि महानगरीय प्रहरी वृत्त कालिमाटी सिल

प्रतिक्रिया दिनुहोस्